कम्युनिस्ट पार्टीको ७५ औं स्थापना दिवसको अवसरमा बुटवलका अग्रजहरुलाई सम्मान

विनोद खनाल,

सुपादेउराली अनलाइन बुटवल संवाददाता ।  नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले नेपालमा कम्युनिस्ट पार्टीको स्थापना भएको ७५ औं बर्ष पुगेको अवसर कम्युनिष्ट आन्दोलनका अग्रज व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।
सोमबार बुटवलमा एक कार्यक्रम गरि पार्टीले उहाँहरुलाई सम्मान गरेको हो ।  सम्मानित हुनेमा बरिस्ठ लेखक , साहित्यकार तथा अधिवक्ता दिल साहनी , बामपंथी नेता तथा पुर्ब सांसद रामचन्द्र भट्टराई , बामपन्थी अग्रज नेताहरु पुर्ण बहादुर थापा र ज्योतिलाल बि क हुनुहुन्छ ।
उक्त सम्मान कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नुहुँदै नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य तथा लुम्बिनी ब्यूरो इन्चार्ज वसन्त सी ( प्रज्वलन ) ले कम्युनिस्ट पार्टी स्थापना गरि अगाडि बढाउने पुष्पलाल लगाएत सबै नेताहरू प्रती उच्च संमान प्रकट गर्नुभयो ।
कम्युनिस्ट आन्दोलन हुदै जनयुद्धसम्म आइपुग्दा र अहिलेसम्म निरन्तर रुपमा कम्युनिस्ट पार्टी , आन्दोलन र विचारको रक्षा गर्न हाम्रा अग्रजहरुले पुराएको योगदानलाई कहिल्यै पनि बिर्सने छैनौं भन्नु हुदै उहाँले क्रान्तिकारी शक्तिहरु अहिलेको आवश्यकता र परिस्थिति अनुसार अगाडि बढनु पर्नेमा जोड दिनु भयो ।
साथे नेता प्रज्जवलनले सम्मानित दिल सहानी , रामचन्द्र भट्टराई ,ज्योतीलाल बि क, पुर्ण बहादुर थापा लगाएतले कम्युनिस्ट आन्दोलनमा खेलेको भुमिका र योगदानको बारे प्रकाश पार्नु भयो ।
यसैगरी उक्त सम्मान कार्यक्रममा सम्मानित अग्रज साहित्यकार तथा अधिवक्ता दिल सहानीले आँफु सधैंभरि क्रान्तिको पक्षमा निरन्तर कलम चलाइरहने बताउनु भयो ।
क्रान्तिको पक्षमा सडकमा एक पछि अर्को पार्टी रहिरहनु सुखद पक्ष हो भन्नु हुदै उहाँले क्रान्तिकारीहरुको एकता आजको आवश्यकता भएको बताउनु भयो ।
यस्तै कार्यक्रममा पुर्ब सांसद रामचन्द्र भट्टराई , सल्लाहकार ज्योतिलाल बि क, थारु मुक्तिमोर्चा अध्यक्ष नवीन थारु, जया पौडेल लगाएतले सम्बोधन गर्नुभएको थियोे ।
उक्त कार्यक्रम नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय प्रतिनिधि सदस्य तथा रुपन्देही जिल्ला सेक्रेटरी बिरेन्द्र सीको अध्यक्षतामा सम्पन्न भएको थियोे ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार