सेतोपाटी विरुद्ध निर्वाचन आयोगमा उजुरी

८ बैशाख, बुटवल । सेतोपाटी अनलाइन मिडियाले निर्वाचनलाई प्रतिकुल प्रभाव पार्ने गरि बारा , चितवन र तनहुँको मत सर्वेक्षण गरेको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ ।

वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उप निर्वाचन प्रयोजनका लागि निर्वाचन आचारसंहिता, २०७९ लागु भइरहेको सन्दर्भमा निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ (त) मा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मत परिणामका सम्बन्धमा कुनै मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नपाइने स्पष्ट उल्लेख गरिएकोमा आचारसंहिता विपरीत सुचना विभागको दर्ता नं १४१७/०७६-२०७७ मा दर्ता भएको सेतोपाटी सञ्चार प्रा.ली (सेतोपाटी) नामक अनलाईन पत्रिकाले सामाजिक सञ्जालको प्रयोग गरेर निर्वाचनलाई प्रतिकुल प्रभाव पार्ने गरी मत सर्वेक्षण गरेको भन्दै कारबाहीको माग गर्दै उजुरीमा परेको हो । सेतोपाटिले वैशाख ५ मा बाराको , बैशाख ७ मा क्रमश तनहुँ र चितवनको मत सर्वेक्षण गरेको थियो ।

वाइ.एल.ए नेपालका दिवस राज पौडेल र साकर कोइरालाले दर्ता गराएको सो निवेदनमा निर्वाचन आचार संहिता, २०७९ बिपरितको कसुर गर्न् निज अनलाईन पत्रीकालाई प्रचलित निर्वाचन (कसुर तथा सजाय) एन २०७३ बमोजिमको कारबाही माग गरिएको छ ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार