लुम्बिनीमा ढल्याे एमाले सरकार

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेपछि उनी नेतृत्वकाे सरकार ढलेकाे छ । आज बसेको प्रदेशसभा बैठकमा गिरीले विश्वासको मत पाउन नसकेका हुन् ।

गिरीकाे पक्षमा ३३ र विपक्षमा ५३ मत परेको छ । अब प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गर्ने छन् ।

गिरीलाई एमालेका २९ र राप्रपाका ४ सांसदले मात्रै समर्थन गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्रसहित प्रदेशसभाका ८ दल र १ जना स्वतन्त्र सांसद गरी ५३ सांसदले विपक्षमा मतदान गरेका हुन्।

सभामुख तुलबहादुर घर्तीले मतपरिणाम सुनाएसँगै बैठक सकिएको छ ।

विपक्षमा मतदान गरेका ५३ जनाले कांग्रेसका डिल्लीबहादुर चौधरीलाई संविधानको धारा १६८(२) बमोजिम मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुख अमिक शेरचनलाई हस्ताक्षर बुझाइसकेका छन् ।

८७ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्रीलाई विश्वासका मत लिन ४४ सांसद आवश्यक पर्छन् । प्रदेशमा एमालेका २९, कांग्रेसका २७, माओवादी केन्द्रका ११, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टीका ४/४, जनमत पार्टी र जनता समाजवादी पार्टी (जसपा) का ३/३, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चाका १/१ र स्वतन्त्र १ जना सांसद छन् ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार