नेपालको चुनावी इतिहास डा. बाबुराम भट्टराईको कायमै, रबी दोश्रो

काठमाडौं । आम निर्वाचन २०७९ र यस उपनिर्वाचनमा खसेको मतमध्ये सबैभन्दा ठूलो अनुपातमा रविलाई मत सोहोरिएको छ । उनले ६९ प्रतिशतभन्दा बढी मत ल्याउन सफल भए । यस आम निर्वाचनमा यो कुनै पनि उम्मेदवारले पाएको सबैभन्दा धेरै प्रतिशत मत हो ।

नेपालको चुनावी इतिहासमा सर्वाधिक मत प्रतिशत भने डा. बाबुराम भट्टराईको नाममा छ । २०६४ सालको संविधानसभा चुनावमा उनले खसेको मतको ८३ प्रतिशत कटाएका थिए । उक्त चुनावमा भट्टराईले ४६ हजार २ सय ७२ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी चन्द्रप्रसाद न्यौपानेले ६ हजार १ सय ४३ मत ल्यएका थिए ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार