डोटीको जंगलमा गर्भवती महिला मृत फेला

डाेटी।  डोटीमा एक महिला मृत फेला परेकी छिन् । मंगलबार जिल्लाको जोरायल गाउँपालिका १ तुसे बस्ने २१ वर्षकी अनिता मल्ल मृत फेला परेकी हुन् ।
बिहान नजिकैको जंगलमा स्याउला ल्याउन गएकी उनी घर नफर्कीएपछि परिवारले खोजी कार्य गरेको थियो । खोज्ने क्रममा उनी घरदेखि करिब २ किलोमीटर टाढा भिरबाट लडेको अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।
उनको शव परीक्षणका लागि  डडेल्धुरा अस्पताल  पठाइएको इलाका प्रहरी कार्यलय बिपीनगरका प्रहरी निरीक्षक लोकेन्द्र गुरुले जानकारी दिएका छन् । उनी गर्भवती रहेको खुलेको छ ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार