मनिषा कोइराला र महिला आन्दोलन

पुरन पोख्रेल

नेपाल पितृसत्तात्मक मुलुक हो।नेपालीको महिला आन्दोलन समानता र समानुपातिक प्रतिनिधित्वका लागि हुँदै आएको थियो।बि.सं २००७ साल पछिका राजनीतिक परिवर्तन संगै बर्तमान अबस्था सम्म आइपुग्दा आर्थिक, सामाजिक र राजनैतिक हिसाबले महिलाहरुको अबस्थामा धेरै परिवर्तन आएको छ।हिजोको र अहिलेको बर्तमान नेपालको नारिबादी आन्दोलनलाई एउटै प्रकारले व्याख्या गर्न सकिने अबस्था छैन। चुलोचौकोमा सिमित,शिक्षा,स्वास्थय रोजगार र सामाजिक दृष्टिकोणको विभेदमा अन्तर आएको छ।तर पुर्ण रुपमा सामाजिक समानता कायम भएको मान्न सकिने अबस्था भने छैन।अब नेपालको नारिबादी आन्दोलनले बर्गिय बाटो समातेको कुरा नकार्न सकिन्न।
अहिले सामाजिक संजालमा नेपाली चेली भारतीय अभिनेत्री मनिषा कोइराला नेपालको पक्षमा गरेको एउटा टुइट्का कारण चर्चामा छिन।उनलाइ कतिपयले बिपि कोइरालाकि नातिनी भनेर पनि जोडेका छ्न कारण कोइराला परिवार नेपालीको राजनीतिको एउटा पाटो पनि हो।तर जुनसुकै नागरिकले आफ्नो मातृभुमी प्रती प्रेम गर्नु त्यतिधेरै नौलो कुरा मान्न सकिन।अभिनेत्री जो कला क्षेत्र संग सम्बन्धित छ्न उनले सहि समयमा राखेको दृष्टिकोण र बिचार लाई सलाम गर्नुपर्दछ। अभिनेत्री कोइराला लाई जान्ने र भारतीय थुप्रै अभिनेत्री र कलाकार हरुका फ्यान नेपालका नारिहरु छ्न।तथापि कला लाई भारत नेपालको दृष्टिकोणबाट हेर्न नसकिए पनि यतिबेला जुन मनिषाले राखेको धारणाकै कारण मुलुको स्वाभिमान उचो बनेको छ त्यसको बारेमा लेख्नु र बोल्नु सबै नेपाली हरुको कर्तव्य थियो।केही सानो समुह बिचारले परिस्कृत र सहि दृष्टिकोण राख्ने महिलाहरू बाहेक बाकी धेरैजसो शैक्षिक स्तर माथी उठेका,सामाजिक संजालमा पहुच पुगेका र उच्च चेतनशील भनिएको जमात नै यसबारे चुपचाप र अनबिज्ञ हुनुले महिलामाथी बिकास भएको चेतमा माथी नै प्रश्न उठाएको छ।
खाली संघर्ष र आन्दोलन बाट आएको एउटा बर्ग अहिले राजनैतिक धारमा स्थापित छ।मुलुको रास्ट्रपति महिला हुनुहुन्छ संगै ३३% प्रतिशत आरक्षण पनि संविधानले दिएको छ।महिला मैत्री कानुन हरु बनेका छ्न र पनि सहि चेतना र सामाजिक दृष्टिकोण बाट हेर्दा पुर्ण रुपमा महिला समान स्तरमा पुगेका छैनन भन्ने देखिन्छ। हामिले खाली खुला रुपमा नाच्न गाउन पाउनु,कोरा शिक्षा आर्जन गर्नु,सुन्दर देखिएर हिडनु,खाली पुरुष विरुद्ध उत्रनु र महिलाबादी कानुनका माध्यमबाट मुद्दा मामिला जित्नु लाई मात्रै महिलाको समानता देखिरहेका छौ एकातिर भने अर्कोतिर बर्गिय हिसाबले निम्न बर्गका महिलाहरू उच्च घरानाका महिलाहरू बाट आजपनी जात र बर्गका आधारमा शोषणमा परिरहेका छ्न।बर्गिय हिसाबले निम्न बर्गय महिलाहरू आजपनी पितृसत्ताको विरुद्धको लडाइमा छ्न।बिडम्बना सामाजिक रुपान्तरण प्रक्रियामा संख्यात्मक हिसाबले महिलाहरू देशभित्रै हुदापनी नयाँ नारीपुस्तामा सामाजिक चेत कमि हुनुले बर्तमान उपलब्धि माथी प्रश्न जन्माएको छ।
खाली केही सिमित जमातले नारी अधिकारको ठेक्का लिनु आर्थिक उपार्जनका लागि महिलाबादी संघ संस्था हरुलाइ प्रयोग गरिनु यसको परिणाम हो।अहिले झ्याप हेर्दा हामिले प्रत्येक क्षेत्रमा महिलाहरुको प्रतिनिधित्व देखिएपनी क्षमता र दक्षतामा समानता पाइदैन किनकी उनीहरु लाई कार्यक्षेत्र भित्र हेर्ने दृष्टिकोणनै समान किसिमको छैन।उनीहरुको दक्षता बिकासका लागि गरिने प्रयत्न हरुपनी पनि प्रयाप्त छैनन त्यसैले क्षमता र दक्षता पनि समान छैन।यो खाली घर देखाएर छाउपडी राख्ने मात्रै काम भएको छ।
पुरुषले जस्तै बिलासिताका बस्तु प्रयोग गर्न पाउनु,बिलासी जिबनशैली बिताउनु र पुर्णतया कानुनको संरक्षणमा स्वतन्त्र हुनु नै समानता हो भनेर बुझाइएको छ। नयाँ पुस्तालाइ सामाजिक ,सांस्कृतिक,बौद्धिक र सैद्धान्तिक हिसाबले उच्च चेतनाको बिकास गराइएको छैन।परिणामस्वरूप अहिलेपनी हेर्दा समान देखिएको नयाँ पुस्ताका नारिहरुको जिबनदशा पनि कहि न कहि शोषणमा परेको छ।यो या त्यो बाहानामा उनीहरु बन्धनमै रहेका छ्न।अर्कातिर खाली स्वतन्त्रताको गलत बुझाइका कारण समाजमा महिलाका कारण कैयौं सामाजिक बिचलनका स्थितहरु पैदा हुँदै गएका छ्न।जसले समाजको सामाजिक संरचनाको रुपमै छुट्टै प्रकारको परिबर्तन र समस्या निम्त्याएको छ।
‌ महिलाहरु आफैले पाएको शिक्षालाई पनि बौद्धिक हिसाबले प्रयोगमा नल्याउनु र खाली संरक्षणको मानसिकताले गुज्रिनुले पनि सहि रुपान्तरण हुन सक्दैन मुलत: जबसम्म बर्गय दृष्टिकोणबाट सामाजिक रुपान्तरणलाई बुझाउने र बुझ्ने कोसिस गरिने छैन तबसम्म समानता परिकल्पना मात्रै बन्नेछ।
‌आधा धर्ती ढाकेका संघर्षशिल महिला हरुको परिवर्तनमा रहेको इतिहास देखिको भुमिकालाई हामिले बिसर्नु हुदैन।उनीहरुको संघर्षशिल इतिहासको सम्मान गर्दै त्यही जगबाट बिचलन र चेतनाबिहिन बाटोमा हिडेको नेपालको नारिबादी आन्दोलनलाई सहि बाटोमा बर्गय मुद्दा सहित लैजानु जरुरी छ। उच्च घरानाकि मनिषा कोइरालाले देखाएको भुमिका राष्ट्रियताको सबालमा ऐतिहासिक हुनेछ तथापी बर्तमान अबस्थामा खालि अबसर र स्वतन्त्रतामा मात्रै सिमित मुद्दाले महिला समानताको मुद्दालाई अगाडि लैजाने छैन ।
‌हामी गणतान्त्रिक मुलुकमा आइपुग्दा सम्म पनि सहि रुपान्तरण र समानता हुन नसक्न्नु र उच्च चेतनाको बिकाश नहुनुलाई सकारात्मक मान्न सकिँदैन।पितृसत्ताका अवशेष संगै बर्गिय बिभेदलाइ चिरेर समानता ल्याउनुले मात्रै परिवार ,समाज र राष्ट्रिको लागि हित हुनेछ।

लेखक अखिल (छैठौं) का केन्द्रीय सदस्य हुनुहुन्छ 

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार