
भूमिकास्थान । अर्घाखाँचीको भुमिकास्थान-२ ढाकावाङ्गको जोगिथुमको जङ्गलमा लागेको आगो बस्तीमा पस्दा ५ जना घाइते भएका छन् । घर थारोमा आगो जानथालेपछी नियन्त्रणमा लिन खोज्दा जलेर स्थानीय ५ जना घाइते भएका हुन् ।
आगो निभाउने क्रममा भएका घाइते ५ जनालाई जिल्ला अस्पताल अर्घाखाँचीमा प्राथमिक उपचार पछी थप उपचारको लागि पाल्पा रिफर गरिएको बताइएको छ ।
चर्को घाममा हावासहित लागेको आगो घर्तीटोलमा पसेपछि स्थानीय शिव वेल्वासे र पदम वेल्वासेको थारो जलेर नष्ट भएका छन् । स्थानीय बासिन्दा,जनप्रतिनिधि र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिएसंगै घरहरु जोगिएको भुमिकास्थान-२ का वार्ड अध्यक्ष बुद्धि बहादुर थापाले जानकारी दिनुभएको छ ।
आगोमा परि गोठमा रहेको एउटा दुहुनो भैंसी घाइते भएको र एउटा पाठो मरेको वार्ड अध्यक्ष थापाको भनाई छ । आगलागीबाट करिब १० लाख बराबरको क्षती भएको अनुमान गरिएको छ ।