अर्घाखाँचीको ढाकावाङ्गमा आगो निभाउने क्रममा ५ जना घाइते

भूमिकास्थान, अर्घाखाँची । जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर २ (साविक ढाकावाङ्ग-८) मा लागेको  आगो निभाउने क्रममा ५ जना घाइते भएका छन् ।

तिरतिरे खोला किनाराको जंगलमा लागेको आगो बस्तीमा पुग्न थालेपछि निभाउने क्रममा ४ जना गम्भीर र १ जना मध्यम घाइते भएको अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो ।गम्भीर घाइते हुनेको शरिरका विभिन्न भाग जलेको छ । घर मालिक पदम बेल्बासे, स्थानीयहरु माधव बेल्बासे, घनश्याम बेल्बासे र पिताम्बर बेल्बासे जलेर गम्भीर घाइते भएको प्रहरी नायव उपरिक्षक रिजालले बताउनुभयो ।यस्तै अस्मिता बेल्बासेको शरीरको विभिन्न भाग जलेको छ उहाँको अवस्था मध्यम रहेको बताउनुभयो । आगलागीपछि प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरेको नेतृत्वमा घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको छ ।

स्थानीय बासिन्दा, जनप्रतिनिधि र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिएसंगै अन्य घरहरु जोगिएको वडा नम्बर २ का वडा अध्यक्ष बुद्धि बहादुर थापाले जानकारी दिनुभयाे ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार