८०२ जना भारत देखि अर्घाखाँची भित्रिय

जेठ १० अर्घाखाँची ।       अर्घाखाँचीमा भारतबाट आउँनेको संख्या बढ्दै गएको छ । भारतबाट मानिसहरु ल्याउँनका लागी सुनौली र कृष्णनगर सिमानामा पुगेर स्थानिय सरकारका प्रमुख सहित वडा अध्यक्षहरु पुगेका छन । अर्घाखाँचीका स्थानिय सरकारहरु भारतबाट आउँने मानिसहरुको व्यवस्थापनमा तिव्र लागेका छन ।

अर्घाखाँचीका स्थानिय सरकारले बनाएका क्वारेन्टाईनमा पछिल्लो जानकारी अनुसार ८०२ जना रहेका छन । जिल्लाको सन्धिखर्क नगरपालिका भित्र रहेका क्वारेन्टाईनमा ११७ जना रहेको अर्घाखाँची जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले बताए ।

शितगंगाको क्वारेन्टाईनमा २२० जना, भुमिकास्थानको क्वारेन्टाईनमा २३३ जना, पाणिनीको क्वारेन्टाईनमा १८ जना, मालारानीको क्वारेन्टाईनमा १६६ जना र छत्रदेवको क्वारेन्टाईनमा ४८ जना रहेको सप्रजिअ खनालले  जानकारी दिए । अधिकाशं क्वारेन्टाईनमा मानिसहरु भारतका नै रहेका छन । भारतबाहेकका ३/४ जना मात्रै छन ।

अर्घाखाँचीका स्थानीय तहहरूले निरन्तर क्वारेन्टाइन बनाउने र त्यसमा मानिस राख्ने काम गरिरहेको प्रशासनले जनाएको छ । अर्घाखाँचीमा भारतबाट आउँनेको संख्या बढ्दै गएको छ । अर्घाखाँचीमा भारतबाट करिब ९ हजार मानिस आउँने अनुमान गरिएको छ ।
स्रोत: हिन्दु खवर डटकम

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार