
भूमिकास्थान, अर्घाखाँची । मंगलबार जिल्लाको भुमिकास्थान नगरपालिका वडा न.२ को तिरतिरे गाउँमा लागेको आगो निभाउने क्रममा स्थानीय ७२ बर्षका पिताम्बर बेल्बासे ,५५ बषिया पदम बेल्बासे,३६ बषिया माधब बेल्बासे,र ५२ बषिया घनश्याम बेल्बासेको उपचारको क्रममा निधन भएको छ।
निधन प्रश्यात बुधबार अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी मिना अर्यालको नेतृत्वमा ईश्वरि बक्स गुल्मका गुल्मपती बासुदेब पङेनी, प्रहरी नायब उपरीक्षक मुकुन्द प्रसाद रिजाल शसस्त्र प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठ अनुसन्धान अधिकृत खिमानन्द पोख्रेल पत्रकार महासंघ का अध्यक्ष लगायत संचारकर्मीहरुको टोलिले मृतकहरु घरमा पुगि मृतकका घरपरिवार तथा आफन्तहरु लाई सान्त्वना दिनुका साथै तत्काल राहत स्वरुप प्रतीपरिवार रु.पचास हजारका दरले प्रमुख जिल्ला अधिकारी अर्यालले नगद राहत हस्तान्तरण गर्नु भएको थियो।