ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजको भेला जेठ १३ गते बुटवलमा हुने

बैशाख ३०, बुटवल । ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजकाे भेला आगामी जेठ १३ गते शनिबार बुटवलमा हुनेभएको छ।

अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका वार्ड नम्बर १ र २ ढाकावाङ्गबाट विभिन्न सिलसिलामा रुपन्देही जिल्लाका विभिन्न क्षेत्रमा अस्थायी / स्थायी रुपमा बसाेबास गर्नेहरुकाे साझा संस्थाका रुपमा रहने गरी भेला आयोजना गर्न लागिएको हो।

शनिवार बुटवलमा बसेकाे बैठकले संस्थापक अध्यक्ष कमल खनाल संयाेजक रहेकाे १३ सदस्यीय ढाकावाङ्ग-रुपन्देही भेला आयोजना समिति निर्माण गरेको छ। जसको सचिवमा नारायण बन्जाडे र सदस्यहरुमा क्रमशः टेकराज भुसाल, ढुण्डिराज खनाल, याेगेन्द्र खनाल, गाेविन्द खनाल, माधव खनाल, बावुराम भुसाल, शिव आचार्य, कृष्णप्रसाद खनाल, सागर खनाल, नगेन्द्र भुसाल र खेमराज खनाल रहनुभएको छ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार