बुटवलको धन वर्षा सहकारीद्वारा कोरोना विमा र व्याज छुट

श्यामलाल पोखरेल
बुटवल, जेठ १२ ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका २ मैनानगरमा सञ्चालित धन वर्षा बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यहरुलाई व्याज असुलीमा सहुलियत दिनुका साथै कोराना विमा गराएको छ । सहकारीले आफ्ना सबै शेयर सदस्यहरुका लागि कोरोना विमा गराईसकेको छ । विश्भर फैलिएको कोरोना भाइरसका कारण नेपालमा लगातार भएको लकडाउनका कारण मारमा परेका आफ्ना शेयर सदस्यहरुका लागि सहकारीले व्याज सहुलियत तथा छुटको कार्यक्रम ल्याएको हो । कोरोना महामारीको लकडाउनले गर्दा शेयर सदस्यहरुको आर्थिक अवस्था कमजोर भएकाले ऋणी शेयर सदस्यहरुका लागि १० देखि १२ प्रतिशत व्याज छुट गरिएको सहकारीका कोषाध्यक्ष खेमराज आचार्यले जानकारी गराउनु भयो । शेयर सदस्य र समूदायको हितमा काम गर्दै आएको धन वर्षा बचत तथा ऋण सहकारी संस्थाले गत चैत्र १ गतेदेखि आगमी असार मसन्ता सम्मको व्याजमा १० देखि १२ प्रतिशत व्याज छुट दिने कार्यक्रम ल्याएको हो । गत चैत्र २०७६ चैत्र ११ गतेदेखि लकडाउन भएपछि सहकारीमा आवद्व शेयर सदस्यहरु आर्थिक गतिविधिमा संलग्न नभएको अवस्थामा व्याज छुट गरेर सहुलियत दिइएको सहकारीका अध्यक्ष नारायण ज्ञवालीले बताउनु भयो । शेयर सदस्यहरुका समस्यालाई मध्येनजर गरी व्याज छुट दिने कार्यक्रम ल्याइएको सहकारीका सचिव रमेश गुरुङले बताउनु भयो । सहकारी सञ्चालनको प्रमुख उद्वेश्य कमजोर आर्थिक अवस्था भएका नागरिकलाई आर्थिक रुपले आत्मनिर्भर बनाउने भएकाले सहकारीहरुले सधैभर शेयर सदस्यहरुको हितमा काम गर्नुपर्ने सहकारीका निवर्तमान अध्यक्ष दिनेश पाण्डेले बताउनु भयो । बुटवल क्षेत्रमा रहेका अटो व्यवसायीदेखि अटो क्षेत्रमा काम गर्ने कामदार तथा मजदुरहरुको सहभागिता सञ्चालित सहकारीमा अहिले ६ सय ५५ जना शेयर सदस्य रहेका छन् । त्यस्तै ४५ जना वाल बचतमा रहेका छन् । समाजप्रति उत्तरदायी रहेर सामाजिक क्षेत्रमा रचनात्मक कार्यक्रमहरु सञ्चालन गर्दै आएको धन वर्र्षा सहकारीले रक्तदान गर्दै आएको छ । सहकारीको आफ्नो वार्षिक कार्यक्रम अनुसार यही जेठ १५ गते बुटवलको रक्तसञ्चार सेवा केन्द्रमा रक्तदान कार्यक्रम राखिएको रक्तदान कार्यक्रम संयोजक रामबहादुर शाहीले जानकारी गराउनु भएको छ । रक्तदानका लागि शेयर सदस्यहरुलाई आह्वान गरिएको सहकारीका उपाध्यक्ष राधाकृष्ण देउलाले बताउनु भयो । कोरोना भाईरस महामारीको अवस्थामा रगतको अभाव हुन नदिने उद्वेश्यले सहकारीले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । सरकारले निर्देशन गरेको लकडाउनको नियमलाई पालना गरेर रक्तदान कार्यक्रमको आयोजना गरिएको सहकारीका संस्थापक अध्यक्ष भोजबहादुर बुढाथोकी, सल्लाहाकार नवराज पौडेल र विष्णु श्रेष्ठले बताउनु भएको छ ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार