बुटवलमा रहेको लुम्बिनी बौद्द विश्वविद्यालयमा विद्यार्थीले लगाए ताला

जेठ ८, बुटवल ।   बुटवल १२ नयाँगाउमा रहेको लुम्बिनी बौद्द विश्वविद्यालय सिटी क्याम्पसमा  विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । बिए एलएलबी तेस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुले भिसि, रजिष्ट्रार देखि पढाउने शिक्षकसम्म राजनैतिक अखडा भएको भन्दै उनीहरुले सोमबार तालाबन्दी गरेका हुन् ।

उनीहरुले क्याम्पस प्रमुखलाइ कार्यकक्षमै गएर भित्रबाट तालाबन्दी गरिदिएका हुन् ।सबै बिद्यार्थीले एकसाथ ताली बजाएर आफ्ना मागहरु कलेज प्रशासनलाइ सुनाएका हुन् ।

साथै नियमित रुपमा कक्षा सन्चालन नभएको, लाइब्रेरीमा पर्याप्त मात्रामा पुस्तकहरु उपलब्ध नभएको, विधार्थीको भविष्यमाथि खेलबाड गरिएको ,शिक्षक अभाव तथा सञ्चालन गर्न चाहिने अत्यावश्यक विषयहरूको समेत व्यवस्था नभएकोले आफुहरुले तालाबन्दी गरेको बताएका छन् ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार