
राष्ट्रिय जनमाेर्चा अर्घाखाँचीका जिल्ला सचिवालय सदस्य तथा प्रभावशाली नेता कबिराम खनालले राष्ट्रिय जनमाेर्चा परित्यागकाे घोषणा गरेका छन्।
खनालले शुक्रबार एक विज्ञप्ति सार्वजनिक गर्दै राष्ट्रिय जनमोर्चाको सबै पदबाट राजीनामा दिएर स्वतन्त्र भएको जनाएका छन् ।
राष्ट्रिय जनमोर्चा पाटी छोडेपनि जनताको पक्षमा न्यायपूर्ण आवाजलाई बुलन्द पार्ने खनालले जनाएका छन् । खनाल बर्दशका सञ्चालक तथा नेपाल निमार्ण व्यवसायी अर्घाखाँचीका जिल्ला सहअध्यक्ष समेत रहेका खनाल सामाजिक क्षेत्र सँगै राजनिति र एक परिचित ठेकेदारको रुपमा चिनिन्छन् ।