
जेठ १७ सैनामैना। सैनामैना नगरपालिका रुपन्देहीको आयोजनामा अपांग भएका व्यक्तिहरुका लागि निशुल्क ४५ दिने कम्प्युटर तालिम तथा ३ दिने उद्घाेषण तालिम सम्पन्न भएको छ।
अपांग जीवनको पाइलामा सहकार्य संस्थाकाे सहयोग र सैनामैना नगरपालिकाकाे आयोजनामा २०७९ चैत २८ गतेदेखि सुरु भएको निशुल्क कम्प्युटर तालिम बुधबार सम्पन्न भएको हो।
समापन कार्यक्रममा सैनामैना नगरपालिकाका नगरप्रमुख फणीन्द्र प्रसाद शर्मा, जिल्ला समन्वय समिति रुपन्देहीका सदस्य मञ्जु परियार, महिला तथा बालबालिका शाखा प्रमुख तुल्सा ज्ञवाली लगायतको आतिथ्यता रहेको थियो।
समापन कार्यक्रम लक्ष्मीप्रसाद पन्थकाे अध्यक्षता, सन्जिव थापाकाे संचालनमा सम्पन्न भएको थियो।
१७ जना सहभागी रहेको तालिमलाई सुमित सुनारले प्रशिक्षण दिनुभएको थियो भने लेखनाथ खनालले व्यवस्थापन गर्नुभएको थियो।