झिमरुकका प्रमुख प्रशासकीय अधिकृत रिजाल माथी पालिका अध्यक्षका छाेराले गरे हातपात

जेठ २४ , प्युठान ।

प्युठान जिल्ला झिमरुक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजाल माथी हातपात भएको छ । पालिका अध्यक्ष पितवहादुर महताराको छोरा (अखिल क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष मिलन एमसिले प्रशासकीय प्रमुख रिजाल, रोजगार सहायक दिपक जिसि लगाएतलाई हातपात गरेका छन् ।

एमसिले प्रक्रिया नपुगेको फाइल जवरजस्ति सदर गराउन खोजेको र प्रमुखले नमानेपछि हातपात गरेको बुझिएको छ ।
प्रत्यक्षदर्शिका अनुसार महतराले मदिरा सेवन गरेर कार्यालयको योजना शाखामा भुक्तानीको लागि आएका थिए।

उनले कार्यालयमा अन्य कर्मचारी माथी पनि हातपात गरी तथानाम गाली बेइज्जती समेत गरेका छन् । हातपात गरेपछि पालिका अध्यक्षले पालिकाको गाडीमा राखेर भगाएको कर्मचारी स्रोत वताउँछ ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख शुवास खड्काले जानकारी दिए ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार