जेठ २६, बुटवल । मिलिजुली आमा समुह बुटवलको ११औं वार्षिक साधारणसभा तथा पाँचौ अधिवेशन सम्पन्न भएको छ।
शुक्रबार बुटवल १३ बेलवासमा सम्पन्न ११ औं वार्षिक साधारणसभा तथा पाँचौ अधिवेशनले जुना खनाल अध्यक्ष रहेको ११ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ।
जसकाे उपाध्यक्षमा गिता खनाल (बन्जाडे), सचिव कमला गाैतम, सहसचिव बिमला पाैडेल, काेषाध्यक्ष राधिका दमासे र सदस्यहरुमा क्रमशः सीता भण्डारी, पवित्रा न्याैपाने, इन्दिरा खत्री, बसन्ती राेकाय, कल्पना थापा र शान्ता पन्थी निर्वाचित हुनुभएको छ।
कार्यक्रममा समुहका जेष्ठ सदस्य रेश्मा थापा, समुहका संस्थापक अध्यक्ष तथा सल्लाहकार केशवती पाैडेल, सल्लाहकारहरु नमकला बेल्वासे, लक्ष्मी नेपाल (गाैतम), शिवलाल उपाध्याय, गाेबिन्द खनाल र पत्रकार टेकराज भुसालको आतिथ्यता रहेको थियो।
कार्यक्रम समुहका अध्यक्ष बिष्णा गाैतम (ज्ञवाली)को अध्यक्षता, सचिव गिता खनाल (बन्जाडे)काे संचालन र उपाध्यक्ष जुना खनालको स्वागतमा सम्पन्न भएको थियो।
१७ लाख कुल पुजी रहेको उक्त आमा समुहमा ५४ जना सदस्य रहेका छन्।