भ्रष्टाचारीलाई जोगाउन १३० जना कालोकोटेहरू बहस गर्दै छन् : केसी

काठमाडौ ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधि सभा सांसद चित्रबहादुर केसीले भ्रष्टाचारीलाई जोगाउन १३० जना कालोकोटेहरूले बहस गरिरहेको बताउनुभएको छ ।

२०८० असार १ गते प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

नक्कली भुटानी शरणार्थीको प्रसङ्ग उठाउँदै अध्यक्ष केसीले भन्नुभयो– ‘अहिले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भ्रष्टाचारीलाई बचाउन १३० जना कालोकोटेहरूले टुप्पीदेखि पैतालासम्मको बल लगाएका छन् ।’

उहाँले ती वकिलहरूले कुनै पनि हालतमा भ्रष्टाचारीलाई बचाउने प्रयासमा लागेको बताउनुभयो ।

बहसको क्रममा भ्रष्टाचारको मामिलालाई अन्तै बहकाउन खोजिएको आरोप पनि अध्यक्ष केसीले लगाउनुभयो ।

‘भ्रष्टाचार मुद्दालाई बङ्ग्याउन कतिसम्म प्रयास भइरहेको छ भने’ उहाँले भन्नुभयो– ‘तत्कालीन गृहमन्त्रीले प्रहरीलाई अपायक ठाउँमा सरुवा गरिदिएकाले त्यसको बदला लिन प्रहरीले यो मुद्दा दर्ता गरेको होसम्म भनिएको छ ।’

उहाँले भ्रष्टाचारीको पक्षमा वकालत गर्नेहरूले दिनलाई पार्न खोजेको बताउनुभयो ।

‘योभन्दा अगाडि पहिले पनि यस्ता कैयौँ भ्रष्टाचारका मामिलालाई थामथुम पार्ने प्रयास भइरहेको हो’ उहाँले भन्नुभयो– ‘यसपालि त्यस्तो नहोस् । दुधको दुध पानीको पानी होस् ।’

उहाँले सरकारले भ्रष्टाचारीलाई कारबाही गर्न दृढ हुनुपर्ने आवश्यकतामा पनि जोड दिनुभयो ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार