ब्राह्मण समाज नेपाल बुटवल १३को भेला सम्पन्न, अध्यक्षमा पौडेल सचिवमा पन्थी

असार २ बुटवल । ब्राह्मण समाज नेपाल बुटवल १३काे भेला सम्पन्न भएको छ।

शनिवार बुटवल १३ बेलवासमा सम्पन्न भेलाले खिमानन्द पाैडेलकाे नेतृत्वमा १६ सदस्यीय ब्राह्मण समाज नेपाल बुटवल १३ निर्वाचित गरेको छ।

जसको उपाध्यक्षमा गिता खनाल, सचिवमा जनक पन्थि, काेषाध्यक्षमा रमेश प्रसाद गाैतम सदस्यहरुमा निमानन्द ढकाल, तारा प्रसाद पाैडेल, डाेर प्रसाद पोख्रेल, शालिकराम गाैतम, खिमलाल पन्थी, गाेपाल आचार्य, शान्ता खनाल, बिष्णा गाैतम, केशवती पाैडेल, गिता खनाल (बन्जाडे), श्रृजना पाैडेल र ढण्ड प्रसाद गैरे निर्वाचित हुनुभएको छ।

भेलालाई ब्राह्मण समाज नेपालका केन्द्रीय सह-अध्यक्ष राेमणी प्रसाद पाठक, केन्द्रीय कार्य सम्पादन समिति सदस्य पार्वती भण्डारी, केन्द्रीय सदस्य लाेकनाथ पाण्डे, रुपन्देही अध्यक्ष टाेपलाल भुसाल लगायतले बाेल्दै राज्यले ब्राह्मणहरुलाई विभिन्न आरक्षणका नाम पछि पार्ने गरेको बताउदै जातका आधारमा नभई वर्गका आधारमा आरक्षण छुट्टाउनुपर्ने बताएका थिए।

कार्यक्रम भेला आयोजक समिति अध्यक्ष घनश्याम आचार्यकाे अध्यक्षता, सचिव जनक पन्थीकाे संचालन र बालकृष्ण भट्टराईको स्वागत मन्त्वयमा सम्पन्न भएको थियो।

 

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार