
जेठ ३ बुटवल । पहिलो पाइला नेपालको दोस्रो केन्द्रीय महाधिवेशन सम्पन्न भएको छ।
पहिलो पाइला नेपाल बुटवलको आतिथ्य आयोजना र पहिलो पाइला नेपाल तिलोत्तमाको सह-आतिथ्यतामा शनिवार बुटवल महाधिवेशन सम्पन्न भएको हो।
महाधिवेशनलाई प्रमुख अतिथिको रुपमा सम्बाेधन गर्दै बुट उपमहानगरपालिकाका नगर उपप्रमुख सावित्रादेवी अर्यालले युवा समाज रुपान्तरणको एक खम्बा भएको भन्दै युवा पिढी राजनीतिमा आई देश र समाजमा भएका विसङतीलाई जडैबाट उखेल्ल सकिनेमा जोड दिनुभयो।
उहाँले पहिलो पाइला नेपालले गरेका कामहरुको प्रसंशा गर्दै पृथक रुपमा काम गरे सहयोग गर्न तप्पर गरेको बताउनु भयो।
देशमा उचित खालको रोजगार , ब्यवसाय लगानी सुरक्षित नभएको भन्ने युवालाई त्यस प्रकारको लगानी गर्ने ठाउँ आफैले निर्माण गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा वडा प्रहरी कार्यालय रामनगरका प्रमुख अर्जुन पाैडेल, महिला अधिकारकर्मी प्रिया लामिछाने लगायतले मन्त्वय राख्नुभएको थियो।
पहिलो पाइला नेपालले देशभर रहेका उत्कृष्ट शाखालाई विभिन्न विधामा सम्मान गरेको छ।
एक्ट्रा अडिनरी प्रोजेक्ट अफ द एयर रन्जित दनईलाई, एस्सेलेन्ट ब्रान्च अफ एयर विरगन्ज शाखालाई, वेस्ट ब्रान्च बुटवल शाखालाई र पिपिएन अफ द हिरो अफ द एयर बुटवल शाखाका बर्तमान अध्यक्ष पारस मरासिनीलाई सम्मान गरिएको हो।
महाधिवेशनकाे उद्घाटन समारोह अध्यक्ष प्रतिभा जिसिको अध्यक्षता, सह-सचिव आयुष पाैडेलकाे संचालनमा सम्पन्न भएको थियो।
नयाँ नेतृत्व चयन
पहिलो पाइला नेपालको दोस्रो महाधिवेशनबाट अध्यक्षमा निराजन धमला निर्वाचित हुनुभएको छ।
जसकाे वरिष्ठ उपाध्यक्षमा आयुष पौडेल, उपाध्यक्षमा दिपिका पराजुली, महासचिवमा बिनोद महत, सचिवमा पारस मरासिनी, सहसचिवमा लक्ष्मी केसि, काेषाध्यक्षमा निश्चल प्रजापति, सहकाेषाध्यक्षमा विजय भण्डारी र कार्यसमिति सदस्यहरुमा शालिकराम भुसाल, सन्तोष खरेल, मेघनाथ फुयाल र रुबिन पाण्डे निर्वाचित हुनुभएको छ।