लुम्बिनीका क्रियाशील १ हजार ६२ जना पत्रकारको दुर्घटना बिमा

बुटवल ।  लुम्बिनी प्रदेशका क्रियाशील १ हजार ६२ जनाको एकमुष्ट दुर्घटना बिमा गरिएको छ।

पत्रकार महासंघ लुम्बिनी प्रदेशको पहलमा प्रदेशका क्रियाशील एक हजार ६२ जना पत्रकारको सामूहिक दुर्घटना बीमा गरिएको हो ।

प्रदेश सरकारको सहकार्यमा एक हजार ६२ जना पत्रकारको एक पत्रकार बराबर ६ लाख २५ हजार रुपैयाँको दुर्घटना बीमा गरिएको महासंघका लुम्बिनी प्रदेश महासचिव विक्रम खड्काले बताए ।

पत्रकारको दुर्घटना बीमाका लागि आन्तरिक मामिला कानून तथा सहकारी मन्त्रालयका शाखा अधिकृत तुल्सीराम पौडेल, राष्ट्रिय बीमा कम्पनी भैरहवाका शाखा प्रमुख सुशील पाण्डे र नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश अध्यक्ष वसन्त गिरीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

दुर्घटना बीमाले पत्रकारको दुर्घटनामा मृत्यु भएमा, स्थायी तथा अस्थायी अंगभंग भएमा औषधी उपचार तथा आतंकवादबाट हुने जोखिमको रक्षावरण गर्नेछ ।

पत्रकारको दुर्घटना बीमा गर्न आगामी वर्षको लागि पनि बजेट विनियोजन गरिएको आन्तरिक मामिला कानून तथा सहकारी मन्त्रालयका सचिव लालबाबु कवारीले जानकारी दिए ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार