आफ्नो अधिकार,कर्तव्य र दायित्व सबैले मनन गरेर यात्रा गरौं समाज सुध्रिनेछ !

गोपालप्रसाद भट्टराई
आम नागरिक,शुभचिन्तक र भ्रममा रहनुभएका हरुलाई सानो सुझाव ,,,!!!
सर्वप्रथम जो कोहीपनि कुनैपनि काम वा पेशामा आवद्ध हुन्छ ! त्यो काम वा पेशामा जोडिनुमा उसको रुचि,क्षमता,आवश्यकता र बाध्यता हुन्छन् । काम वा पेशा गर्ने एकल हुँदैन ! परिवार, समाज,देश र सबै ठाउँका सिमाहरुसङ्ग उ बाधिएको हुन्छ ! काम वा पेशा गर्ने,गराउने र अनुगमन गर्नेकाबिचमा भएका सिमासङ्ग काम गर्ने वा पेशा गर्ने व्यक्ति नियन्त्रणमा रहेको हुन्छ । किनकि क्षमताले काममा गयो र आफ्नो सीप सिमाभित्र रहेर देखायो भनेत ठिकै छ ! तर उसको रुचि,आवश्यकता र बाध्यता भयो भन्दैमा कामदारको सीप र क्षमता छैन भने काम वा पेशा दिने निकायले स्वीकार गर्दैन ! सन्दर्भ हामी पत्रकार माथी लाग्ने आरोपको पत्रकारले लेखेन,बोलेन,पक्षवाद गर्यो,एकतर्फी भयो , झोले,पार्टी,पित यस्तै यस्तै हामीले खेपिरहेका आरोप हुन् । पत्रकारितामा काम गर्ने भैसकेपछी सामान्य ज्ञान राख्नपनी राजनीतिक,सामाजिक,सास्कृतिक,शैक्षिक लगायत सबै क्षेत्रमा ध्यान र अध्यन गर्न र जोडीनु जरुरी छ र हुन्छ ! अर्को कुरा जो कसैको पनि व्यक्तिगत जीवन हुन्छ ! अधिकार,कर्तव्य र दायित्व हुन्छ ! कार्यस्थल,कार्य समय र कार्यमा संलग्न हुँदा बाहेक अन्य व्यक्तिगत जिवनका कुरामाथी नीग्रानी गर्ने र अनावश्यक चियो र बाटो खोतल्नु राम्रो हुन्छ जस्तो मलाई लाग्दैन ।
त्यसैले
डाहा,रिष,घमण्ड वा आरिसले हो या समाजमा भाइरल र भाइरस फैलाउन हो मैले बुझ्न् सकेको छैन पछिल्लो समय हामीमाथि माथी उल्लेख गरिएका जस्तै आरोप जो-जसले लगाउनुहुन्छ,तपाईंसंग पुष्टि गर्ने आधार छन् ? छन् भने दाबिसहित किटानी सहित न्यायको कशीमा लैजानुहोस ! हैनभने हाम्रो बुवा आमाले हामीलाई पाल्न नसकेर, यो समाजमा बसेर आम नागरिकले गर्ने अन्य काम गर्न नसकेर,हामीले अरु काम गर्ने सीप र क्षमता नै राख्न नसकेर होइन ! डिग्री देखि पिएचडी सम्मका सर्टिफिकेट साथमा राखेर यो पेशा आफैमा चुनौतीपूर्ण हुँदाहुदैपनी पत्रकारीताको पेशा र काम रोजेका छौँ । यदि हामी हाम्रो कर्ममा असफल भयो भने हामीलाई जबर्जस्ति काम मिडियाले पनि दिदैनन ! किनकी तपाईंलाई थाहा छ कि छैन मिडियामा लाख हैन लाखौं , त्यतिमात्र हैन करोडौंको लगानी छ । ठूलो जनशक्ति छ , त्याग छ,बलिदान छ र राज्य तथा समाजप्रति झुकाव छ । समर्पण छ । तपाईंले सामाजिक सन्जालमा आवेग,ईष्र्या र भ्रमपुर्ण अभिव्यक्तिले र चिया र चौतारीमा फोकटको समय खर्चंदै आरोपका पेटी पस्किन जस्तो सजिलो छैन पत्रकारिता !
त्यसैले
पत्रकारले लेख्ने र बोल्ने आ-आफ्नो मिडियामा हो ,डिउटीको समयमा हो ! फेसबुकमा आएन,गित गाएन भनेर पत्रकारलाई दोष नदिनु,फेसबुकमा लेख्ने पत्रकारको पेशा होइन !! अब न्युज आयोकी आएन पत्रकारले बोलेकी बोलेनन भन्ने कुरा रेडियो,टेलिभिजन,छापा तथा आधिकारिक अनलाइन पत्रीकामा हेर्ने पढ्ने सुन्ने गर्नुस,हैन भने ….एउटा औंला अरुतिर देखाउदा चारवटा औंलाले आफैतिर हेरेजस्तै हुन्छ । आफ्नो अधिकार,कर्तव्य र दायित्व सबैले मनन गरेर यात्रा गरौं समाज सुध्रिनेछ ! मुलुक समृद्ध बन्नेछ ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार