काठमाडौ । नेपाल सरकारका सबै वेबसाइटहरूमा समस्या देखिएको छ। मंगलबार साँझदेखि कुनैपनि सरकारी वेबसाइटहरू खुलेका छैनन्।
वेबसाइट नखुलेपछि अत्यावश्यकीय सेवा अवरुद्ध भएका छन्।
‘डट जीओभी डट एनपी’ डोमेनमा रहेका वेबसाइटहरूमा समस्या देखिएको हो।
वेबसाइटहरु डाउन हुनुको कारणबारे कुनै जानकारी गराइएको छैन।