भूमिकास्थान-२ ले ३०० विद्यार्थीलाई दियो ज्ञान बाेक्ने झाेला

टेकराज भुसाल,
असार ०६ बुटवल । जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ ढाकावाङ्गले वडा भित्र रहेका ३०० जना विद्यार्थीलाई ज्ञान बाेक्ने झाेला वितरण गरेको छ।

बुधबार वडा अध्यक्ष बुद्धि बहादुर थापा, कार्यपालिका सदस्य केशरा परियार, तिर्था बेल्वासे, वडा सदस्य नारायणप्रसाद खनाल, द्राेण बेल्वासे र वडा सचिव प्रकाश नेपालीले कक्षा १ देखि ३ सम्म पढ्ने विद्यार्थीहरुलाई झाेला वितरण गर्नुभएको हो।

आर्थिक वर्ष २०७९/८० मा महिला तथा बालबालिका विशेष कार्यक्रम अन्तर्गत विनियोजित रकम १ लाख ५० हजार रुपैयाबाट वडा भित्र रहेका ३०० विद्यार्थीलाई झाेला वितरण गरिएको वडाध्यक्ष बुद्धि बहादुर थापाले बताउनुभयो।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार