गजल:-चुलोचौको बल्नुपर्छ यतापनि उतापनि

हृदय लेकाली 

चुलोचौको बल्नुपर्छ यतापनि उतापनि
जलोचौको बल्नुपर्छ यतापनि उतापनि
रोगव्याधी टल्नुपर्छ यतापनि उतापनि।

जहरिलो समय छ सम्झौता नै गरौँ कि त
गोता सास्ती ढल्नुपर्छ यतापनि उतापनि ।

नदीसरी बग्दा बग्दै बगर झै सुकेपछि
संयम भै चल्नुपर्छ यतापनि उतापनि।

शिशिरले उजाडेको रुख पनि किन नहोस्
लटरम्म फल्नुपर्छ यतापनि उतापनि ।

टाकुरो नि उँचाइ हो अग्लो अग्लो देख्नेलाई
भँडखारा छल्नुपर्छ यतापनि उतापनि।

मधुमास जिन्दगी हो भनी मख्ख पर्दा खेरी
निब्न लागे जल्नु पर्छ यतापनि उतापनि।

घाउ न हो जिन्दगी त घरिघरि बल्झिदिने
औषधी नै दल्नुपर्छ यतापनि उतापनि ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार