भैरहवाका मिटरब्याजी रमानन्द बानियाँको घर विप्लव नेकपाको नेतृत्वमा पिडितहरुद्वारा नियन्त्रणमा

विनोद खनाल, भैरहवा
शनिवार भैरहवाको सिद्धार्थनगर ५ मिलनचोक निवासी चर्को मिटरब्याजी रमानन्द बानियाँको घर मिटरब्याज पिडितहरु जनता सहितको उपस्थितिमा नेकपाद्वारा नियन्त्रणमा लिईएको छ ।
नेकपाका केन्द्रीय सदस्य एवं रुपन्देही ईन्चार्ज शरद सीको नेतृत्वमा पिडितहरुको सहभागिता गएको सयौंको टोलीले उक्त घर नियन्त्रण गरिएको हो ।
देवकोटा चोक देखि नारा जुलुश प्रदर्शन सहित बानियाँको घर पुगेको टोलीले भैरहवाको मिलन चोक र बुद्धचोकमा रहेका बानियाँका दुई घर कब्जामा लिई कारबाही गरेपछी बिरोध सभा समेत आयोजना गरेको थियोे ।
सभामा बोल्दै नेकपाका जिल्ला सेक्रेटरी बिरेन्द्र सीले बर्षौंदेखी दर्जनौं किसान तथा साना व्यापारीलाई ऋण दिने बाहनामा चर्को मिटर ब्याज लिई करोडौं असुली दुख दिने गरेकाले कुख्यात मिटर ब्याजी बानियालाई कारबाही गरिएको बताए। पिडित जनतालाई अझै दुख दिय अन्य सम्पत्ति समेत कब्जा गरि पिडितहरुलाई बाँडिने चेतावनि दिंदै उनले जनबिरोधी हर्कत गर्ने र शोसण गर्नेहरुका बिरुद्ध नेकपा संधै संघर्ष गर्ने बताए। नियन्त्रणमा लिएको घरको स्वामित्व जनताको हुने बताउँदै उनले घरमा बस्नेहरुलाई पनि ठगलाई भाडा दिनु नपर्ने जिकिर गरे ।
बानियाँको ठगी धन्दाका बारेमा पटकपटक पिडित जनताले जिल्ला प्रशासन कार्यलयमा उजुरी दिएपनि न्याय नपाएपछी पिडीत ऋणीहरुले पार्टीमा उजुरी दिएपछि पार्टीले पिडितहरु संग भएका प्रमाण र कागजात अनुसन्धान गर्दा बानियाँले किसानसंग करोडौं रकम मिटर व्याज मार्फत असुली गरेको र ती दुबै घर पनि ठगिधन्दाबाट बनाएको देखेपछि कार्बाहि गरिएको सेक्रेटेरी बिरेन्द्रले बताए ।
चर्को मिटरब्याजी बानियाँले रुपन्देहीका झण्डै डेढ सय भन्दा बढी किसानहरुलाई न्युनतम ७५ हजार देखि १० लाखसम्म ऋण दिएर कपालीतमसुक, दृष्टीबन्दक जस्ता क्रियाकलाप गरेर किसानका करोडौं रकम ब्याजका नाममा ठगेको बुझिएको छ ।
बानियाँले झण्डै ७६ जना किसानहरुलाई ऋण दिदा ५० प्रतिशत बढी ब्याजमा समेत लगाएको र नक्कली कागज तयार पारेर ऋणीहरुलाई ल्याप्चे लगाई अकुत ब्याज समेत लिईरहेका छन् ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार