बुटवलको बेलबासमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

असार १२ बुटवल । सोमबार राती रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर-१३ बेलबास शान्तिचोकमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

बुटवल-१३ शान्तिचोकस्थित बाटो काट्दै गरेको लु २९ प ८६८३ नम्बरको स्कुटरलाई पूर्वदेखि पश्चिमतर्फ जाँदै गरेको बसले ठक्कर दिँदा एक युवाको मृत्यु भएको हो ।

राजमार्ग सुरक्षा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले दिएको जानकारी अनुसार सुर्खेतबाट विरगञ्जका लागि छुटेको प्रदेश-३-००१ ख ०५७१ नम्बरको बसले ठक्कर दिँदा अन्दाजी २८ वर्षीय युवाको ज्यान गएको हो । मृतक स्कुटर चालकको अहिलेसम्म परिचय खुलेको छैन भने शवलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार