असार १३, बुटवल। सुर्यज्याेती लाइफ इन्स्योरेन्स कम्पनी मुर्गिया शाखाले अभिकर्ताहरुका लागि उत्प्रेरणा तालिम दिइएको छ।
बुधबार बिमा कम्पनीले नयाँ तथा पुराना ६० जना अभिकर्ताहरुलाई बिमा सम्बन्धि प्रशिक्षणात्म तालिम दिइएको हो।
अभिकर्ताहरुलाई जाेनल हेड किरण गाैतम तथा MDRT तथा TOT कमल घिमिरेले जीवन बिमा सम्बन्धि विभिन्न विषयमा प्रशिक्षण दिनुभएको कार्यक्रमको सहजीकरण शाखा प्रमुख कृष्णप्रसाद खनालले गर्नुभएको थियो।
उक्त शाखाले विभिन्न समयमा बिमा सम्बन्धि प्रशिक्षणात्मक तालिम संचालन गर्दै आएको र आगामी दिनमा समेत निरन्तरता दिने शाखा प्रमुख खनालले बताउनुभएको छ।