
टेकराज भुसाल
असार १६, बुटवल । बुटवलको स्कोलर्स होम माध्यमिक विद्यालयले २० औ राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव मनाएको छ।
बुटवल मोतिपुर स्थ्ति १ बिघा खेतमा विद्यालयका करिब ५०० विद्यार्थीले धान रोपेर २० औ राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव मनाएको हुन्।
विद्यार्थीलाई कितावी ज्ञान मात्र नभएर ब्यवहारिक ज्ञानमा जोड दिनका लागि खेतमै लगेर सिकाइ गरेको विद्यालयले जनाएको छ ।
विद्यालयले विद्यार्थीहरुलाई संस्कार सहितको व्यवहारिक शिक्षा दिने उदेश्यले कृषि सम्बन्धि ज्ञान प्रदान गर्न र विद्यार्थीले सिकेका सिपलाई ब्यवहारमा लागु गर्नका लागि खेतमै पुगेर धान रोपाइमा संलग्न गराएको विद्यालय प्राचार्य बाबुराम बन्जाडेले बताउनुभएको छ।
सबै मिलेर सामुहिक रुपमा धान रोप्दा रमाइलो भएको विद्यार्थीहरुले बताएका छन् ।