बुटवल । नेकपा (एमाले) निकट राष्ट्रिय युवा सघं नेपाल रुपन्देहीले मदन जयन्तीको अवसरमा तिलोत्तमा ७ हरैया पार्कमा वृक्षरोपण गरेको छ ।
मदन जयन्ती अवसरमा युवा सघं नेपालले साप्ताहिक रुपमा बिभिन्न खालका रचनात्मक कार्यक्रम गदै आएको छ । पार्कलाई हरियाली बनाउने उद्वेश्यले बिभिन्न प्रजातिका करिव २ सय ५० वटा फलफुलका बिरुवा रोपिएको हो । कार्यक्रममा बोल्दै राष्ट्रिय युवा संघ नेपाल रुपन्देही अध्यक्ष विकास वस्नेतले मदन जयन्तीको अवसर पारेर धान रोपाई, प्रदेश पार्टी कार्यालयमा रङरोगन, सरसफाई र वृक्षरोपण गरिएको बताउनुभयो ।
मुस्लिम समूदायका विद्यार्थीले पढ्ने विद्यालयमा शैक्षिक सामाग्री वितरण गर्ने र तिलोमाको टिपुलीगढमा रहेको सुधार गृहमा खेलकुदंका सामाग्री वितरण गर्ने कार्यक्रम रहेको बताउनुभयो ।
उक्त कार्यक्रममा बोल्दै नेकपा एमाले रुपन्देही सचिव यज्ञ गैरेले मदन जयन्तीको अवसरमा वृक्षरोपण रोपण गरेर पार्कलार्ई हरियाली बनाउने काम महत्वपूर्ण रहेको बताउनुभयो । विरुवा रोपेर मात्रै नहुने बताउंदै उहांले विरुवाको रेखदेख र संरक्षण गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य मनोज गौचन, बुद्धि राज थापा, श्रद्धा कुवर, नेकपा एमाले जिल्ला सदस्य तथा युवा ईन्चार्ज नकुल शाही, एमाले रुपन्देही क्षेत्र न १ अध्यक्ष बेद गिरी, जिल्ला, सदस्य सागर माली, तिलोत्तमा नगर अध्यक्ष तामनाथ पाण्डे, सचिब मिनप्रसाद पोखरेल,राष्ट्रिय युवा संघ नेपाल रुपन्देही उपाध्यक्ष दिपक खड्गी, जिल्ला सदस्य संजय माली लगायतले बोल्नु भएको थियो ।
कार्यक्रम राट्रिय युवा सघ नेपाल रुपन्देही क्षेत्र न १ का सयोजक विपिन विकको अध्यक्षता, सचिव गणेश न्यौपाने सन्चालन र सह संयोजक मिन गाहाको स्वागत मन्तव्यमा कार्यक्रम भएको थियो ।