कालापानी भोकाएको छ: श्याम चुदाली

  • कात्रो बाढेर टाउकोमा
    तिमि खुकुरीमा धार लगाउदै गर,
    सिमानाका साढेहरु लाइ छप्काउन
    उ प्रदेस बाट पनि आउदै छ!
    बलभद्र र भिमसेन काजिका सन्ततिहरु हो
    रगतले पोतिएका हाम्रा सिमा रेखाहरुमा
    अझै पोतिनुपरे
    अभय पहाड बनेर उभिनु पर्छ !
    ति आमाको छातिमा कुल्चने बैरिहरुलाइ
    रक्तरञ्जित भएर चिरिदिनु पर्छ!
    टिस्टा कागडाका किल्लाहरुमा
    नालापानीका पोखरीहरुमा
    हाम्रा रगतपसिनाका टाटाहरु
    अझै सुकेका छैनन
    अमरसिङ्ग का हड्डिहरु
    अझै गलेका छैनन !
    यो माटोको रक्षाको निमित्त
    तिम्रो साहदतको बिरता माथी
    इतिहासले बर्खी बार्ने छ!
    कालापानीका नदिहरु
    लिपुलेकका हिउँहरु
    फेरि रातो र तातो रगतले भोकाएका छ्न!
    मर्नु त छदै छ तिमिलाइ
    त्यो आमाको निम्ति मर,रास्ट्रको निम्ती मर
    एउटा मुल्यबान मृत्यु मर !
    🌹श्याम चुदाली🌹
    अर्घाखाँची

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार