काठमाडौं । कृषि तथा पशुपन्छी मन्त्री बेदुराम भुसालले ४० औं वरीयताका व्यक्तिलाई नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को नेतृत्व दिएका छन्।
नार्कका पदेन अध्यक्षसमेत रहेका मन्त्री भुसालले अध्यक्षको अधिकार प्रयोग गरेर वरियताको ४० औं स्थानमा रहेका ध्रुवराज भट्टराईलाई कायममुकायम कार्यकारी निर्देशक बनाएका हुन्।
भट्टराई र मन्त्री भुसाल दुबै अर्घाखाँचीका हुन्। त्यही निकटताका कारण उनले सिनियरहरूलाई छोडेर भट्टराईलाई नेतृत्वमा तानेका हुन्।
नार्कका तत्कालीन कार्यकारी निर्देशक दीपक भण्डारी गत जेठ २८ गते अनिवार्य अवकाशमा गएका थिए।
अवकाश पाउँदा उनले दोस्रो वरियतामा रहेका डाक्टर दोजराज घिमिरेलाई निमित्त कार्यकारी निर्देशक बनाएका थिए।
मन्त्री भुसालले दोस्रो वरियताका घिमिरेलाई हटाएर निकै तलका भट्टराईलाई कार्यकारी बनाएका हुन्।