बुटवल । रुपन्देहीको बुटवलमा रहेको स्कोलर्स हाेम माध्यमिक विद्यालय उत्कृष्ट मावि राष्ट्रिय शिक्षा सम्मान २०८० बाट सम्मानित भएको छ।
फाेकस नेपालले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको एक कार्यक्रममा पूर्वमन्त्री तथा नेपाली काङ्ग्रेसका बरिस्ठ नेता अर्जुन नरसिंह केसी, पूर्वमन्त्री तथा माओवादी केन्द्रका नेता देवेन्द्र पाैडेल र फाेकस नेपालका अध्यक्ष रामचन्द्र पोख्रेलले विद्यालयलाई राष्ट्रिय शिक्षा सम्मान २०८० बाट सम्मान गर्नुभएको हो ।
पर्याप्त भाैतिक पुर्वाधार, दक्ष र अनुभवी शिक्षक, समयानुकूल प्रतिस्पर्धात्मक गुणस्तरीय शिक्षा प्रदान र दक्ष जनशक्ति उत्पादन गर्दै देशको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै विद्यालय उत्कृष्ट मावि राष्ट्रिय शिक्षा सम्मान २०८० बाट सम्मानित गरिएको विद्यालयका प्राचार्य बाबुराम बन्जाडेले बताउनुभएको छ।