
बुटवल । रुपन्देहीको नयाँगाउँ माबिले माध्यमिक शिक्षा परिक्षा (एसईई) मा रुपन्देही जिल्लाकै उत्कृष्ट नतिजा निकाल्न सफल भएको छ।
जिल्लाका संस्थागत बिद्यालयहरुलाइ पछि पार्दै बुटवल १२ मा रहेको नयाँगाउँ माध्यमिक बिद्यालयले नतिजा सुधार्दै शतप्रतिशत बिद्यार्थी उत्रिण बनाएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष पुरुषाेत्तम बस्यालले बताउनुभयो ।
एसईईको नतिजामा २ जनाको ३.९५ जीपीएसहित उत्कृष्ट नतिजा निकालेको माबिका प्रधानाध्यापक पुरुषोत्तम भट्टराइले जानकारी दिनुभयो ।
‘हामी यसपाली जिल्लामा सर्बोत्कृष्ट भयौँ,१२७ जना सहभागिमध्ये सबै उत्कृष्ट भए भने २ जनाले ३.९५ जीपीए ल्याएका छन् ,हाम्रो रिजल्टमा हामी धेरै खुशी छौँ ।’ -उहाँले भन्नुभयो ।
बजार केन्द्रित ठूला भनिएका बिद्यालयको तुलनामा हामी कुनै हिसाबले कमी छैनौँ भन्ने प्रमाण यसपटकको एसईईको नतिजाबाट समेत पुष्टि भएको उहाँको भनाइ छ।