
गजल
म कहिले भिरमा त कहिले खोलि तिर मा रमाउछु!
आँसुलाई टन्न पिएर मुस्कान छर्दै पिर मा रमाउछु!
सक्छौ भने अझैदेउ यि पिडाहरु कति दिन सक्छौ?
कु मानवले उपहार दिएकोभनी तगदिर मा रमाउछु
डुल तिमी भमरा जस्तै अनेक यौवानाहरु सँग मस्त!
मलाई लप्पन छप्पन चाँहिदैन सधैँ स्थिर मा रमाउछु
चाँहादिन तिमी जस्तो स्वाभीमान बेचेर गुलामि गर्न!
म त मेरि नेपाल आमाको काख र सिर मा रमाउछु!
नेपाली माटाे बिर्सियौ भुल्यौ घर परिवार र सस्कृति!
म त अझै मेरोदेसको आटाे ढिडाे र खिर मा रमाउछु
गाेबिन्द खनाल