ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजका अध्यक्षको सक्रियतामा क्यान्सर पीडित खनाललाई आर्थिक सहयोग हस्तान्तरण

असार २३ बुटवल । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वार्ड नम्बर १ ढाकावाङ्गका क्यान्सर पीडित ज्ञान प्रसाद खनाललाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।

शनिवार ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजका अध्यक्ष कृष्णप्रसाद खनालको सक्रियतामा संकलन गरिएको ६५ हजार ८ सय ८७ रुपैयाँ रकम पिडितलाई हस्तान्तरण गरिएको हो।

स्वदेश तथा विदेशमा रहेका सहयोगीहरुले गरेको सहयोग रकम ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजका अध्यक्ष कृष्णप्रसाद खनालको सक्रियतामा, नरेन्द्र भुसाल र गाेविन्द खनालको पहलमा संकलन गरिएको रकम पीडित ज्ञान प्रसाद खनाललाई हस्तान्तरण गरिएको हो।

खनालको वीपी कोइराला मेमोरियल क्यानसर अस्पताल भरतपुर, चितवनमा उपचार भैरहेको छ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार