बुटवल । लियो क्लब अफ बुटवल मेट्रोसीटिको अध्यक्षमा सन्जीव सुनार निर्वाचित भएका छन। बर्ष 2023/24 को लागि उनी सर्बसम्मत निर्वाचित भएका क्लबका सचिव g.d शिखर ले जानकारी दिएका छन।
नवनिर्वाचित अध्यक्ष सुनार युवा ब्यवसायी तथा समाजसेवि हुन। सन्जिव गुल्मेली ज्येलर्स बुटवल दुद्दनगर का सन्चालक सुनार विभिन्न सामाजिक सस्थाका प्रतिनिधि तथा सामाजिक अभियन्ता समेत हुन। Rotaract Club Of Butwal Downtown र तिलोत्तमानगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव समेत रहेका अध्यक्ष सुनारले आफ्नो कार्यकाललाई उत्कृष्ट बनाउन तयार पारेको कार्ययोजना मा प्रकाश पार्दै सामाजिक कामलाइ अगाडी बढाउने तथा समाजमा रहेका आफुभन्दा फरक क्षमता भएका मानिसहरुको शिक्षा तथा स्वास्थ्य मा जोड दिने कुराको जानकारी दिएका छन।
सागर आचर्य प्रथम उपाध्यक्ष,दिवस खनाल र पुनम कुवर उपाध्यक्ष रहेको उनको बोर्ड मा जि डि सिखर सचिब र अफरोज अलि खान कोषाध्यक्ष रहेका छन। लियो जिल्ला परिषध 325 पि का अध्यक्ष सरोज महतो को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सस्थापक अध्यक्ष लियो/लायन मनोज गौतम लायन बिनोद सुबेदी,उमानाथ अधिकारी MGF lion राम बेल्बासे,MGF lion er गोबिन्द लामिछाने ले अध्यक्ष सुनार लाई सफल कार्यकालको सुभकामना दिनुभएको थियो।