भूमिकास्थानले निर्धारण गर्याे रासायनिक मलको मूल्य

असार ३० अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकाले रासायनिक मल (युरिया, डि.ए.पी र पाेटास)काे मूल्य निर्धारण गरेको छ।

शुक्रबार भूमिकास्थान नगरपालिकाकाे स्थानीय मल व्यवस्थापन तथा वितरण समितिका संयाेजक तथा नगर उपप्रमुख बालकृष्ण बन्जाडेकाे अध्यक्षतामा प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद पोख्रेल, कृषि अधिकृत रामबहादुर थापा, रासायनिक मल विक्रेता प्रमाणपत्र लिएका सहकारीका प्रतिनिधि र मल बिक्रेता बिच बसेकाे बैठकले पालिकाका विभिन्न क्षेत्र अनुसार रासायनिक मलको मूल्य निर्धारण गरेकाे हो।

स्थानीय मल व्यवस्थापन तथा वितरण समितिकाे बैठकले भूमिकास्थान नगरपालिका वार्ड नम्बर १ र २ काे ढाकावाङ्गमा प्रति बाेरा युरिया ११ सय, डि.ए.पी २५ सय ५० र पाेटास २१ सय ५० निर्धारण गरेको छ भने ३ र ४ काे धारापानीमा युरिया १ हजार ७५, डि.ए.पी २५ सय २५ र पाेटास २१ सय २५ त्यस्तै ५ र ६ काे खिल्जी र असुरकाेटमा युरिया १ हजार ७५, डि.ए.पी २५ सय २५ र पाेटास २१ सय २५ र ७ र ८ काे नुवाकोटमा युरिया १ हजार ५०, डि.ए.पी २५ सय र पाेटास २१ सय निर्धारण गरेको छ। 

बैठकले वार्ड नम्बर ९ काे ढिकुरा र १० काे धनचाैरका लागि रासायनिक मल विक्रेता प्रमाणपत्र बनाउन पहल गर्ने निर्णय गरेको छ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार