पहिलो पाइला नेपालले तल्लो सिद्धबाबा मन्दिर नजिक राख्यो ट्राफिक सचेतनामुलक होर्डिङ बोर्ड

बुटवल।  पहिलो पाइला नेपालले तल्लो सिद्धबाबा मन्दिरकाे नजिक ट्राफिक सचेतनामुलक होर्डिङ बोर्ड राखेको छ।

पहिलो पाइला नेपाल बुटवल शाखा र पाल्पा शाखाको संयुक्त आयोजना र दोभान प्रहरी चौकीको सहकार्यमा रुपन्देही जिल्ला र पाल्पा जिल्लाको सिमाना तल्लो सिद्धबाबा मन्दिर नजिक ट्राफिक सचेतनामुलक होर्डिङ बोर्ड राखेको हो।

पहिलो पाइला नेपाल बुटवल शाखा अध्यक्ष विनोद बस्याल र पाल्पा शाखा अध्यक्ष कृष्ण ब. राउतकाे संयुक्त अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा बाेल्दै दोभान प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक फर्सुराम गौतमले यस कार्यक्रमले बढ्दो सबारी दुर्घटना न्यूनीकरण गर्नका लागी ठुलो टेवा पुग्ने बताउदै आगामी दिनमा पनि पहिलो पाइला नेपालले यस्तै सामाजिक काममा अघि सरेर सामाजिक सेवामा टेवा पुर्याउनेमा आशावादी रहेको बताउनुभयो।

कार्यक्रममा केन्द्रिय सचिव पारस मरासिनी, तिनाउ गाउपालिका वार्ड नम्बर ३ का सदस्य टंक बस्याल, नेपाल प्रहरी सहायक निरीक्षक नवीन शर्मा, बुटवल शाखा सल्लाहकार गगाधर न्यौपाने, लेखनाथ बस्याल, शंकर लगाएत बुटवल तथा पाल्पा शाखाका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार