युवा व्यवसायी खनालले विपन्न तथा विभिन्न जटिल रोगका बिरामीलाई सहयोग गर्ने

अर्घाखाँची । खनाल ब्रदर्स कन्ट्रक्सनका अर्घाखाँचीका प्राेपाइटर तथा युवा व्यवसायी कविराम खनालले विपन्न तथा विभिन्न जटिल रोगका बिरामीलाई सहयोग गर्ने घोषणा गर्नुभएको छ।

आइतबार युवा व्यवसायी खनालले सामाजिक सञ्जाल फेसबुक मार्फत आर्थिक वर्ष २०८०/०८१ बाट आफ्नो कन्ट्रक्सनबाट असहाय, गरिब, विपन्न तथा विभिन्न जटिल रोगका बिरामीहरूका लागि १ लाख ५० हजार रकम छुट्टाएकाे घोषणा गर्नुभएको हो।

भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ ढाकावाङ्गका खनाल निर्माण व्यवसायी संघ अर्घाखाँचीको सहअध्यक्ष समेत हुनुहुन्छ खनालले विगतदेखी नै असहाय, गरिब, विपन्न तथा विभिन्न जटिल रोगका बिरामीहरूका सहयोग गर्दै आउनुभएको छ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार