बुटवल बहुमुखी क्याम्पसको स्ववियु कार्यालयमा ताला

बुटवल ।  बुटवल बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) कार्यालयमा स्ववियु सदस्यहरुले ताला लगाएका छन।

साेमबार बिहान स्ववियु बैठक आव्हान गरेपनी १ घन्टा सम्म पनि पदाधिकारी र सदस्यहरु अनेरास्ववियुको बैठकमा बसेको भन्दै ताला लगाईएको जनाईएको छ।

बिहान ८ बजे बैठक आह्वान गरि ९ बजेसम्म पनि बैठकमा सहभागी नभई स्वबियु पदाधिकारी र सदस्यहरु अनेरास्ववियुको बैठकमा उपस्तिथि भएकोले ताला लगाएको स्वबियु सदस्य सुमन गुरुङले बताए।

स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) बुटवल बहुमुखी क्याम्पसका समानुपातिक सद्स्यहरु सुमन गुरुङ लगायत सामानुपातिक तर्फका नेविसंघ, अखिल क्रान्तिकारी, स्वतन्त्रका स्ववियु सदस्यहरुले तालाबन्दी गरेका हुन ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार