इनट्रयाक क्लब अफ स्काेलर्स हाेमको अध्यक्षमा भण्डारी

बुटवल ।  रोटरी क्लव अफ बुटबल डाउनटानको मातहतमा रहेको इनट्रयाक क्लब अफ स्काेलर्स हाेमको अध्यक्षमा रिवाज भण्डारी निर्वाचित हुनुभएको छ ।

५ औ पदस्थापन कार्यक्रममा वर्ष २०२२–२३ का अध्यक्ष सचिन चापागाईंले वर्ष २०२३–२४ का अध्यक्ष रिवाज भण्डारीलाई पद हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रम बर्ष २०२२-०२३  का अध्यक्ष सचिन चापागाईं र वर्ष २०२३-२४  का अध्यक्ष रिवाज भण्डारीकाे संयुक्त अध्यक्षता र दिक्षिता भट्टराईकाे संचालनमा सम्पन्न भएको कार्यक्रममा राेटरी जिल्ला अध्यक्ष कमला हमाल, राेटरी एजी रविलाल पोख्रेल र विद्यालयका प्रिन्सिपल बाबुराम बन्जाडेले बाेल्दै इनट्रयाक क्लब अफ स्काेलर्स हाेममा लागेका विद्यार्थीहरुले शैक्षिक प्रगति सँगसँगै दक्ष र सक्षम हुने गरेको बताउनुभएको थियो।

कार्यक्रममा वर्ष २०२२–२३ का अध्यक्ष सचिन चापागाईंले  बर्षभरि गरेका कार्यप्रगति एवम साामजिक कामबारे जानकारी गराउँदै  क्लबलाई सहयोग गर्ने सम्पूर्णप्रति धन्यवाद व्यक्त गर्नुभयो।
कार्यक्रममा पद भार ग्रहण गदै वर्ष २०२३-२४  अध्यक्ष रिवाज भण्डारीले निवर्तमान अध्यक्षले अगाडी सारेका नया कामलाई निरन्तरता दिदै यो बर्ष केहि नयाँ र फरक खालका कार्यक्रमहरु गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो।

नव निर्वाचित अध्यक्ष भण्डारीलाई इन्ट्राक्ट डिस्टृक्ट्का जोनल इन्ट्राक्ट रेपृजेन्टेटिभ दिप्सन अधिकारिले सपत ग्रहण गराउनुभएको थियो।

कार्यक्रममा राेटरी जिल्ला अध्यक्ष कमला हमाल, क्लब इन्चार्ज श्रीजना गाैतम र पत्रकार टेकराज भुसाललाई मायाको चिनाेले सम्मान समेत गरिएको थियो।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार