पहिलाे पाईला नेपालले गर्याे डेङ्गु तथा आँखापाक्ने राेगसम्वन्धी सचेतना कार्यक्रम

बुटवल । पहिलाे पाईला नेपाल तिलाेत्तमा शाखाकाे आयाेजना तथा श्री गिर्वाण सरस्वती संस्कृत तथा साधारण माध्यमिक बिद्यालयकाे ब्यबस्थापमा प्रकाेपकाे रुपमा फैलिएकाे डेङ्गु तथा आँखापाक्ने राेग (Dengue & Viral conjunctivities) राेकथाम, सजगता तथा उपचार सम्वन्धी सचेतना कार्यक्रम सम्पन्न भएकाे छ ।

राेगकाे उपचार भन्दा पनि यसकाे राेकथामकाे निम्ति बढी सजग रहन पर्दछ हुन्छ साथै बढ्दाे डेंगु तथा आँखा पाक्ने राेगकाे राेकथाम, सजगताकाे लागि सबै यसवारे जानकारी हुनु जरुरी हुन्छ । बिद्यार्थीहरुले बिद्यालमा गरेकाे क्रियाकलाप, सिकेका कुरा आफ्नाे परिवार, आफन्तजन तथा साथीहरुहरुलाई जानकारी गराउने गर्दछन, यही मर्मलाई मध्यनजर गर्दै पहिलाे पाईला नेपाल तिलाेत्तमा शाखाले डेंगु तथा आँखा पाक्ने राेग सम्वन्धी सचेतनामुलक कार्यक्रम तिलाेत्तमा नगरपालिका वडा नं. ५ स्थित श्री गिर्वाण सरस्वती संस्कृत तथा साधारण माध्यमिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरु विच सम्पन्न गरिएकाे हाे ।

पहिलाे पाईला नेपाल केन्द्रीय कार्यसमिती सदस्य तथा सियारी गाउपालिका जनस्वास्थ्य प्रमुख सन्ताेष खरेलले कार्यक्रममा सहभागीहरुलाई डेङ्गु तथा आँखा पाक्ने राेगकाे बारेमा बिस्तृतमा जानकारी गराउदै यश राेगबाट बच्न अग्रिम रुपमा अपनाउनुपर्ने सचेतना, राेकथाम तथा उपचारका बिषयमा जानकारी गराउनुभएकाे थियाे । प्रशिक्षक खरेलले डेंगु तथा आँखा पाक्ने राेग भाइरल हुदै गएकाे र यसले ठुलाे रुप लिन सक्ने भन्दै सचेत तथा राेकथामका उपाय अबलम्वन गर्दा यसबाट बच्न सकिने भएकाेले सबैमाझ जानकारी प्रदान गर्न अनुराेध गर्नुभएकाे थियाे । सहभागी बिद्यार्थीहरुलाई कार्यक्रम अध्यक्ष तथा पहिलाे पाईला नेपाल तिलाेत्तमा शाखा अध्यक्ष सन्देश पाेख्रेलले प्राप्त जानकारी आफ्नाे परिवार, आफन्तजन, छरछिमेक तथा साथीहरुविच जानकारी प्रदान गरि डेङ्गु तथा आँखा पाक्ने राेगबाट बच्न सबैलाई आग्रह गर्नुभएकाे थियाे ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार