
साउन २०, अर्घाखाँची । राष्ट्रिय जनमोर्चा भुमिकास्थान–१० को वार्डसमितिद्धारा गच्छे–भालुवाङ्ग सडकको धनचौर खण्डको सडक छेउमा वृक्षरोपण गरेको छ ।
वातावरणिय सन्तुलन कायम राख्न टेवा पुगोस भन्ने हेतुले मोटरबाटोको छेउमा लाकुंरी, टुनी र आंप गरि करिब २ सय बिरुवा रोपिएको हो । राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तथा भुमिकास्थान नगर प्रमुख झविलाल थापा र जिल्ला सचिव बाबुराम पन्थीको बिशेष उपस्थितिमा धनचौर स्वास्थ्यचौकी छेउबाट सुरु गरि लिसेकुना सम्मको सडक छेउमा बिरुवा रोपिएको राष्ट्रिय जनमोर्चा भुमिकास्थान–१० का सचिव भिमलाल भुसालले जानकारी दिनुभएको छ ।
प्रगतिशिल लेखक संघ लुम्बिनी प्रदेश सदस्य तिलकराम भट्टराई, अखिल छैठौं अर्घाखाँचीका पूर्व उपाध्यक्ष शिव वेल्वासे, राजमो जेष्ठ सदस्य दण्डपाणी गैरे,विर बहादुर खत्री,भागिरथा गैरे लगायत राजमो धनचौरका नेता तथा कार्यकर्ताको सहभागितामा सम्पन्न कार्यक्रममा बोल्दै राजमो जिल्ला सचिव बावुराम पन्थीले सडक छेउमा वृक्षरोपण गर्दा वातावरण सुधार्न सहयोग पुगेको बताउनुभएको छ ।
राजमो धनचौरले महत्वपूर्ण सडक छेउमा गरेको वृक्षारोपण जस्तो पवित्र कार्यको सिको अरुलेपनि गर्नुपर्नेमा उहाँले जोड दिनुभएको भएको छ ।