
बुटवल । संस्कार सहितको व्यवहारिक शिक्षालाई आधार मान्दै आएको बुटवलको स्काेलर्स हाेम माविले सिर्जनशील शुक्रबार अन्तर्गत तीन कार्यक्रम सम्पन्न गरेको छ।
विद्यालयले हरियो वातावरण बनाउ र हरियोकाे महत्त्व बुझाैं भनी पिजीदेखि कक्षा ५ सम्मका विद्यार्थीहरुले हरियाली देखीने गरि हरियो तरकारी लगायतका वस्त्र लगाएर गीत तथा नृत्यद्वारा हरियाकाे महत्त्व प्रदर्शन गरेका थिए।
त्यस्तै कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राहरुले दुनाटपरी बनाउन सिक्ने र सिकाउनेकाे अभ्यास गरेका थिए भने छात्रहरुले विद्यालय परिसरमा सरसफाइ गरि फाेहाेर मैलाबाट उत्पन्न हुने राेग बारे जानकारी गराएका थिए।
विद्यालयले हरेक शुक्रबार विद्यार्थीहरुलाई किताबी ज्ञानभन्दा बाहिर संस्कार सहितका ज्ञान दिने गरेको विद्यालयका प्राचार्य बाबुराम बन्जाडेले जानकारी दिनुभएको छ।