इन्ट्रयाक रुपन्देहीको आयोजनामा बुटवलमा प्रशिक्षण सम्पन्न

बुटवल ।  इन्ट्रयाक रुपन्देही जिल्लाको आयोजनामा बुटवलमा १ दिने प्रशिक्षण सम्पन्न भएको छ ।

पछिल्लो समय समाज सेवा समाज रुपान्तरणसँगै बिद्यार्थीमा नेतृत्व र व्यक्तित्व विकास बढाउन रोटरीको मातहतमा रहेको इन्ट्रयाक रुपन्देहीले होराइजन स्कुलमा आफ्ना सदस्यहरुलाई प्रशिक्षण दिएको हो।

जोनल रिपृजेन्टेटिभी दिप्सन अधिकारिकाे अध्यक्षतामा भएको कार्यक्रममा डिस्टृक्ट इन्ट्राक्ट सह-कमिटी अध्यक्ष सुरज खरेलकाे प्रमुख आतिथ्यता रहेको थियो भने जिल्ला डिआइअर बिप्लप थापा , जिल्ला सचीव शितल ठाकुर र जिल्ला ट्रैनेर आरुस्का कट्वालले प्रशिक्षण दिनुभएको थियो।

कपिलवस्तु , बुटवल,भैरहवा, देवदह गरि १४ विद्यालयबाट करिव ३५० जना बिद्यार्थीहरुकाे सहभागीता रहेको उक्त कार्यक्रमको सहजीकरण सुशान्त ज्ञवालीले गर्नुभएको थियो भने स्वागत पवन फुल्लेलले गर्नुभएको थियो।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार