युवा संघको एक महिने वृक्षरोपण तथा एक हप्ते डेंगु रोग बिरुद्धको सचेतना अभियानको शुभारम्भ

बुटवल ।  राष्ट्रिय युवा सघ नेपाल रुपन्देही जिल्ला कमिटिले एक महिने बृक्षारोपण अभियान तथा एक हप्ते डेंगु रोग बिरुद्धको सचेतना अभियानको शुभारम्भ गरेको छ ।

बुटबलको बडा न ११ र १७ मा पर्ने सृजनानगरको बिभुती पार्क बाट करिब दुई सय पचास बिरुवाहरु बृक्षारोपण गरी अभियानको शुभारम्भ गरिएको हो । त्यस्तै सोहि ठाउंबाट एक हप्ते डेगु बिरुद्धको सचेतना अभियान पनि सुरु गरिएको छ ।

दुवै अभियानको एक कार्यक्रमका बीच कार्यक्रम नेकपा एमालेका केन्द्रीय पोलिट ब्युरो सदस्य दधिराम शर्माले शुभारम्भ गरे।

सो अवसरमा उनले अहिले नेकपा एमाले ०८४ मा हुने आसन्न निर्वाचत लक्षित कार्यक्रमहरु देशका ७५३ वटै पालिकामा सुरु गरेको बताए । सोही अनुसार टोल, पालिका, जिल्ला र प्रदेशमा विभिन्न रचनात्मक सामाजिक कार्य संगै कार्यकर्ता निर्देशित कार्यक्रमहरु भइरहेको बताए ।

उनले ०८४ को निर्वाचनमा संघ, प्रदेश र स्थानिय तहमा बहुमत ल्याउने गरी एमालेले विभिन्न कार्यक्रम बनाएको बताए । साथै उनले राष्ट्रिय युवा सघ नेपाल रुपन्देहीले सामाजिक सचेतनाका कार्यक्रमहरु गर्दै समाज रुपान्तरणमा लागेको भन्दै अझै रचनात्मक काम गर्न आग्रह गरे ।

कार्यक्रममा बोल्दै जिल्ला युवा संघ रुपन्देहीका अध्यक्ष बिकास बस्नेतले राष्ट्रिय युवा सघ नेपालको केन्द्रीय सर्कुलर अनुसार बृक्षारोपण कार्यक्रम गरेको बताए । उनले एक हप्ते डेंगु अभियान जिल्लाका १६ वटै पालिकामा गरिने बताए ।

कार्यक्रम राष्ट्रिय युवा सघका केन्द्रीय सदस्य मनोज गौचन, केन्द्रीय सदस्य कल्पना पाण्डे मगर, किरण नेपाल पन्चमी रेग्मी, नेकपा एमाले प्रदेश कमिटि सदस्य बाबुराम भट्टराई, नेकपा एमाले जिल्ला सदस्य नकुल शाहि ठकुरी, जिल्ला उपाध्यक्ष दिपक खडगी, सचिव दिपेस कंडेल, सह सचिव नवराज थापा, कोषाध्यक्ष नारायण थापा कार्यक्रम सयोजक बिमल के सि लगायतले बोलेका थिए ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार