बुटवल । पेट्रोलियम पदार्थकाे मुल्य बृद्विकाे बिरुद्व अनेरास्ववियुले बुटवल बहुमुखी क्याम्पस अगाडि चक्का जाम गरेकाे छ।
सरकार गए राति देखिलागु हुनेगरी पेट्रोलियम पदार्थमा मुल्यबृद्धी गरेको थियोे।
सरकारले आम सर्वसाधारणलाई आहात हुनेगरी पेट्रोलमा ५ रुपैया तथा डिजेल र मट्टीतेलमा १४ /१४ रुपैया वृद्धि गरेकाे भन्दै अनेरास्ववियु बुटवल बहुमुखी क्याम्पस कमिटीले बुटवल बहुमुखी क्याम्पस अगाडि १ घण्टा चक्का जाम गरेकाे हाे।
बिहान सात बजे देखि आठ बजे सम्म बुटवल क्याम्पस अगाडि चक्का जाम गरेका बिद्यार्थीहरुले सरकार बिरुद्ध नारावाजी गरेका थिए। सरकारले बृद्धि गरेको मुल्य नघटाए सम्म आन्दाेलन गरिरहने अनेरास्ववियु बुटवल क्याम्पस कमिटी अध्यक्ष कृष्ण पाण्डेले बताए।