भारतको दवाबमा कांग्रेस र एमालेले संघीयता स्विकार गरे :अध्यक्ष खत्री

राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर खत्रीले भारतको दबाबमा कांग्रेस र एमालेले संघीयता स्विकार गरेको आरोप लगाएका छन् । उनले देशको अवस्था नबुझी अर्कैको इसारामा संघियता लागू गरिनु दुर्भाग्य रहेको बताए ।

राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खत्रीले यस्तो बताएका हुन् । उनले कुनै पनि बिषयबस्तुमा राम्रा र नराम्रा दुबै पक्ष हुने भन्दै संबिधानले ब्यवस्था गरेका धेरै पक्ष राम्रा भएपनि संघीयता यसको दुर्वल पक्ष रहेको बताए । उनले राष्ट्रिय जनमोर्चाले बिरोध गरेको संघीयताको गुण र अवगुणको बारे बहस गर्नु पर्ने जरुरी रहेको बताए ।

पत्रकारहरुले संघीयताको संरचना मै बसेर संघीयताकै बारेमा बिरोध गर्नु कत्तिको उचित होला भनी सोधेको प्रशको जवाफ दिदै खत्रीले सिस्टममा नबसी सिस्टम सुधार गर्न नसकिने बताए । उनले संघीयताको संरचना भित्रै बसि यसलाइ खारेज गर्ने आफ्नो पार्टीको मुख्य उदेश्य रहेको बताए ।

संघीयताप्रती बिमती हुदाहुँदै पनि यो संरचनाको चुनाबमा सहभागी भइ संघीयताको बारेमा जनतालाइ सुसूचित गरिरहेको उनले जिकिर गरे ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार