टुहुरो गणतन्त्रलाई शुभकामना

पुरन पोख्रेल
१३ औं गणतन्त्र दिबशको शुभकामना दिन सकिएन!
* यो गणतन्त्र गरिब,किसान,मजदुर हरुका लाई ल्याइएको थियो!
*यो गणतन्त्र उत्पीडित ,दलित,जनजाति,महिला ,घाइते, अपांग लगाएत हरुका लागि ल्याइएको थियो!
* यो लाखौं विद्यार्थीको भबिस्य र बैज्ञानिक ब्याबहारिक शिक्षाका लागि थियो!
*सुरक्षा र बिकासका लागि थियो!
*राष्ट्रियताको रक्षा ,राष्ट्रिय स्वाभिमान ,स्वाधीनता र राष्ट्रिय एकताको लागि थियो!
*जाती ,भाषा ,धर्म, क्षेत्र बिचको एकता र आत्मसम्मानका लागि थियो!
*न्याय ,समानता र स्वतन्त्रताका लागि थियो!
मात्रै सेताहात्ती र दरबारिया हरु खडा गरेर पाल्नको लागि थिएन । बाकी ……… हजारौं सपनाहरूको गाँस निलेर भोकै लडेर ल्याइएको गणतन्त्र थियो!
* तरपनी १३ औं गणतन्त्र दिबशको शुभकामना!!किनकि यो जनताको त्याग र समर्पण संग जोडिएको छ।हजारौं शाहीद हरुको बलिदानी संग जोडिएको छ चेलिहरुका रित्ता सिउदो,आमा हरुका रित्ता काख,छोराछोरीको टुहुरा पन सँग जोडिएको छ।अझै यो गणतन्त्रलाई नै निमोठी निमोठी टुहुरो बनाइदै छ ।टुहुरो गणतन्त्रले अभिभावक पाउने छ शुभकामना!!

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार